काठमाडौं । घरेलु टोली नेपालले पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा अन्जन विष्टले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्याे ।




















प्रतिक्रिया