कामाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अधोगतितर्फ लगेको बताएका छन् ।
झापामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन हावाको पछाडि नपर्न आग्रह गरेका हुन् । ओलीले भने, गठबन्धन भनेको शेरबहादुर देउवा र प्रचण्डको मितेरी साइनो मात्रै हो । एकै खालका चरासँगै उड्छन् । एउटाको नाम कांग्रेस अर्काको कम्युनिस्ट छ । एउटै छन् यिनीहरु ।
‘प्रचण्ड अब मुसो हुने बाटोमा छ । यो गठबन्धन धोद्रो परेको रुख हो । प्रचण्डले बोकेको हंसिया हथौडा नक्कली हो, उनले भने । वर्तमान गठबन्धनलाई विकाउ मालको संज्ञा दिँदै उनले सबै नेपालीले नागरिकता दिलाउने बताए ।
विदेशीलाई नागरिकता दिने गठबन्धनको सपना पुरा हुन नदिने ओलीको भनाइ छ । देशको नेतृत्व एमालेले गरे जनताका सपना साकार हुने बताए ।




















प्रतिक्रिया