Logo

राजनीति

निर्वाचनको दिन विनाअवरोध समाचार संकलन तथा पम्प्रेषणको वातावरण बनोस् : पत्रकार महासंघ



काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचनको दिन आमसञ्चारकर्मीहरुलाई विनाअवरोध समाचार संकलन तथा पम्प्रेषण गर्ने वातावरण निर्माण गर्न निर्वाचन आयोग र सरकारसँग माग गरेको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न निर्वाचन आयोग र सरकारसँग माग गरेको हो ।

महासंघका महासचिव रोशन पुरीले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । ‘२०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुँदैछ । मुलुकमा संविधानसभाबाट संविधान जारी भएसँगै दोस्रो पटक हुन गइरहेको यो निर्वाचनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने विश्वास महासंघले लिएको छ । यो सुखद् घडीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर आमनेपाली सञ्चारकर्मीहरूको तर्फबाट महासंघ निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहितढंगबाट सम्पन्न होस भन्ने शुभकामना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको

सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ ।’यस्तै निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहजढंगबाट चल्न दिन पनि महासंघले सम्बन्धित पक्षसँग माग गरेको छ । निर्वाचनको क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि महासंघ माग गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार २०:०३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।