Logo

खेलकुद

विश्वकपको उद्घाटन खेल इटालियन रेफ्री ओर्साटोले खेलाउने



दोहा । इटालियन रेफ्री ड्यानियल ओर्साटोले आसन्न विश्वकपको उद्घाटन खेल खेलाउने भएका छन् । फिफाले आइतबार ओर्साटोलाई आयोजक राष्ट्र कतार र इक्वेडरबीच हुने खेलका लागि छनोट गरेको बताएको छ ।

फिफाले ‘युरोपका अनुभवी रेफ्रीमध्ये एक’ भनेर वर्णन गरेका ओर्साटो बुधबार ४७ वर्ष पुग्ने छन् । सन् २०१६ सम्म फिफाले अन्तर्राष्ट्रिय खेलका लागि ४५ वर्षको उमेरहद तोकेको थियो ।

सन् २०१८ मा रुसमा भएको विश्वकपका ओर्साटो भिडियो रिभ्यू विभागमा थिए । यस्तै, सन् २०२० मा यूईएफए च्याम्पियन्स लिगको फाइनल पनि खेलाएका थिए । उक्त फाइनलमा बायर्न म्युनिखले पेरिस सेन्ट जर्मनलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

गत वर्ष सम्पन्न युरोपियन च्याम्पियनसिपका तीन खेलमा पनि निर्णायकको भूमिका निभाएका थिए । युरो २०२० उनकै देश इटालीले फाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै जितेको थियो ।

इटालियन रेफ्री ओर्साटोको आधुनिक फुटबलको विश्वकपमा सम्मानित व्यक्तित्व छ । उनले विश्वकपका पछिल्ला पाँचमध्ये तीन फाइनल खेलाएका छन् ।

हाल फिफाको रेफ्री कमिटी प्रमुख पेर्लुइजी कोलिनाले सन् २००२ को र निकोला रिज्जोलीले २०१४ को फाइनल खेलाएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार ११:४३   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।