Logo

प्रमुख समाचार

मुसीकोट-५ सेरीगाउँबाट अर्थमन्त्री शर्माद्वारा मतदान



रुकुम पश्चिम । अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका शर्माले मुसीकोट नगरपालिका-५ सेरीगाउँमा रहेकाे यमुनानन्द नमुना माविमा रहेको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

शर्माले मतदान केन्द्रमा पहिलो मत खसालेका मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिए । 

मतदान पश्चात शर्माले सबैलाई ढुक्क भएर सही तरिकाले मतदान गर्न आह्वान गरे । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री शर्मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ०८:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।