Logo

गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे मतदान



कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा (क) मतकेन्द्रबाट मतदान गरेका छन् ।

उनी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ का मतदाता हुन् । अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्र अन्तर्गतको प्रदेशसभा (१) बाट निर्वाचित भएका थिए । यस पटक भने उनी उम्मेदवार छैनन् ।

प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार  ९ : ०४ बजे