Logo

प्रमुख समाचार

प्रकाशमानसँगको जम्काभेटमा रवीन्द्रले भने- तपाईंलाई विश्राम चाहिएको छ, मतदातालाई म चाहिएको छ



काठमाडौं । काठमाडौं क्षेत्र नं. १ का उम्मेदवारद्वय प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच जम्काभेट भएको छ । उनीहरूबीच रत्नराज्य महादेवस्थान मतदान केन्द्रअगाडि भेट भएको हो ।

भेटमा उनीहरूबीच केहीबेर कुराकानीसमेत भयो । भेटमा दुवैले काठमाडौं १ का जनताले आफूलाई खोजिरहेको बताए । रवीन्द्रनिकट नेता शरदराज पाठककाअनुसार प्रकाशमानले ‘मनोनयन दर्तामा भेट भएको थियो, आज फेरि भेटियो । अब ५ वर्षपछि भेटौँला’ भनेर भनेका थिए ।

जवाफमा रवीन्द्रले जनताले आफूलाई खोजिरहेको बताए । रवीन्द्रलाई उद्धृत गर्दै पाठकले भने, ‘अब अर्कोपटक उम्मेदवारका रूपमा सम्भवतः हाम्रो भेट नहोला । किनकी तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौं १ का मतदातालाई म चाहिएको छ ।’

प्रकाशमान-रवीन्द्रबीच ०७४ सालमा पनि यही क्षेत्रबाट प्रतिस्पर्धा भएको थियो । त्यसबेला प्रकाशमानसँग रवीन्द्र ७ सय १९ मतले मात्रै पराजित भएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १२:५३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।