काठमाडौं । नेकपा एमाले परित्याग गरी रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा वडा नं. ९ को गौतमबुद्ध आदर्श सिसुसदन आधारभूत विद्यालयबाट मतदान गरेका हुन् । उनी सोही वडाबासी हुन् ।
सत्तारुढ गठबन्धनको समेत सर्मथनमा त्रिभुज चुनाव चिन्ह लिएर निर्वाचन लडेका भुसालका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका सचिव छविलाल विक हुन् । विकले पनि बुटवल वडा नं. ११ बाट मतदान गरेका छन् । मतदानपछि प्रतिक्रिया दिँदै भुसालले आजको चुनावले मुलुकको संविधान र संघीय गणतन्त्र लिकमा आएको बताएका छन् ।




















प्रतिक्रिया