Logo

राजनीति

काठमाडौंमा २५ प्रतिशत मत खस्यो



काठमाडौं । दस वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा २५ प्रतिशत मत खसेको छ । साढे १२ बजेसम्म सबै क्षेत्रमा २५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

चिसोका कारण बिहान अधिकांश मतदान केन्द्रमा मतदाताको पातलो उपस्थिति देखिए पनि मध्यान्हबाट भने बाक्लिएको छ ।

काठमाडौंमा ७ सय ६७ मतदान केन्द्रबाट मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृत खतिवडाले दस वटै क्षेत्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १३:२१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।