Logo

राजनीति

दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्रमा विवाद, ३ राउण्ड हवाई फायर, मतदान राेकियाे



दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा विवाद भएको छ । विवाद हवाई फायर भएको छ । मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको विवादका क्रममा प्रहरीले सम्झाउँदा एक जना महिलाको टाउकोमा लाठ्ठीले लागेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि प्रहरीले ३ राउण्ड हवाई फायर गर्नु परेको जनाएको छ । हवाई फायर पछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १४:०८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।