Logo

राजनीति

गुल्मी कारागारका ८० कैदीबन्दीमध्ये ३७ जनाले गरे मतदान



गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मी कारागारमा रहेका ३७ जना कैदीबन्दीले मतदान गरेका छन् । ३३ जना पुरुष र चार जना महिलाले मतदान गरेको मतदान अधिकृत रामबहादुर कुँवरले जानकारी दिए ।

कारागारमा मतदान गर्न अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला कारागारमा ८० जना कैदीबन्दी छन्, जसमध्ये ३७ जनाले मतदान गर्न पाएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १६:१८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।