दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१० पातु वनगाउँ मावि मतदान केन्द्रमा बेलुका सात बजेसम्म मतदान हुने भएको छ । ‘ग’ मतदान केन्द्रमा ४५ जनाले मतदान गरिसकेपछि प्रतिनिधिसभामा मत नै नखसेको पत्ता लागेपछि मतदान रोकिएको थियो ।
कर्मचारीहरुले प्रतिनिधिसभाको मतपत्र नदिएर प्रदेशसभाको मात्र दिएको पत्ता लागेको थियो । यही विवादका कारण केही घण्टा मतदान रोकिएकाले बेलुकासम्मै मतदानको समय तोकिएको हो ।
दाङ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले प्राविधिक त्रुटिका कारण मतदानका लागि पूर्वनिर्धारित समयमा दुई घण्टा थप गरिएको बताए ।




















प्रतिक्रिया