Logo

राजनीति

दाङको पातु वनगाउँ मावि मतदान केन्द्रमा साँझ ७ बजेसम्म मतदान हुने



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१० पातु वनगाउँ मावि मतदान केन्द्रमा बेलुका सात बजेसम्म मतदान हुने भएको छ । ‘ग’ मतदान केन्द्रमा ४५ जनाले मतदान गरिसकेपछि प्रतिनिधिसभामा मत नै नखसेको पत्ता लागेपछि मतदान रोकिएको थियो ।

कर्मचारीहरुले प्रतिनिधिसभाको मतपत्र नदिएर प्रदेशसभाको मात्र दिएको पत्ता लागेको थियो । यही विवादका कारण केही घण्टा मतदान रोकिएकाले बेलुकासम्मै मतदानको समय तोकिएको हो ।

दाङ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले प्राविधिक त्रुटिका कारण मतदानका लागि पूर्वनिर्धारित समयमा दुई घण्टा थप गरिएको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १६:३२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।