कञ्चनपुर । कञ्चनपुरमा पाँच जना किरियापुत्री दाजुभाइले मतदान गरेका छन् । निर्वाचन क्षेत्र २ अन्तर्गत शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा किरियापुत्री ऐर दाजुभाइ परिवारले पनि मतदान गरेका हुन् ।
नेपाली कांग्रेस शुक्लाफाँटा नगरपालिका– ११ का सचिवसमेत रहेका कांग्रेस स्थानीय नेता अतुलबहादुर ऐर दाजुभाइसहित उनीहरूका आमाले मतदान गरेका हुन् । पार्टी र गठबन्धनलाई जिताउन ऐर दाजुभाइले एकसाथ दिउँसो मतदान गरेका कांग्रेसका स्थानीय नेता पवन नेपालीले बताए । किरियापुत्री ऐर दाजुभाइले कलुवापुर सरस्वती माविको मतदान स्थलमा मतदान गरेका हुन् ।




















प्रतिक्रिया