Logo

प्रमुख समाचार

विप्लव कार्यकर्ताले रुकुम पश्चिममा मतपत्र च्यातेर बाकस गुल्ट्याए



रुकुम पश्चिम । रुकुम पश्चिममा मतपेटिका गुल्ट्याइएको छ । मतपत्र समेतच च्यातिएकाे छ ।

आइतबार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ५ को गोतामकोट, वडा नम्बर १३ को निमावि घेत्मा र वडा नम्बर ११ को चौरको मतदान केन्द्रमा रहेका मतपेटिका गुल्ट्याइदिएको बताइएकाे छ । मतपत्र च्यातेर बाकसलाई गुल्ट्याइएको हो ।

बाकसमा क्षति पुर्याएको आरोपमा प्रहरीले विप्लव नेकपाको पश्चिम रुकुम जिल्ला सदस्य प्रकाश विक, युवा संगठनका पश्चिम रुकुम अध्यक्ष महेश बस्नेत र नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य हरि पुनलाई गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

उनीहरुले याेजनावद्ध रूपमा भोट हाल्न मतदानकेन्द्र प्रवेश गरेर बाकस कब्जामा लिई फ्याँकेका हुन् । नेकपाले जारी चुनावलाई खारेज गर्ने घोषणा गरेको छ । दलहरु चुनाव प्रचारमा रहेका बेला उसले भण्डाफोर अभियान चलाएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १७:२४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।