Logo

प्रमुख समाचार

काठमाडौंमा ५५ प्रतिशत मत खस्यो, मतपेटिका संकलनका काम हुँदै



काठमाडौं । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको र काठमाडौंमा हो ।

प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंका दस निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । अहिले मतदानको प्रक्रिया टुंग्याएर मतपेटिका संकलनको काम भइरहेको उनले बताए ।

आयोगले काठमाडौंका दस वटा प्रतिनिधिसभा र २० वटा प्रदेसशभाको छुट्टाछुट्टै मत गणना गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १७:५४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।