Logo

प्रमुख समाचार

गोरखामा ५० प्रतिशतभन्दा कम मतदान, मतपेटिका संकलन गरिँदै



गोरखा । गोरखामा छिटपुटका घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । तर गत निर्वाचनको तुलनामा यसपटक मत कम खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लाभर कुल ६५.३ प्रतिशत मत खसेको थियो । तर यसपटकको निर्वाचनमा करिव ४५ देखि ५० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए ।

अहिले मतपेटिकाहरु संकलन गरेर मतगणना स्थलमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १८:३२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।