Logo

राजनीति

रसुवामा मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्यो



रसुवा । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रसुवा जिल्लामा करिब ७३ प्रतिशत मतदान भएको छ । जिल्लामा शान्तिपूर्ण तरिकाले सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए ।

कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना नभएको पनि उनले बताए । हिमाली जिल्ला रसुवामा चिसोका कारण बिहान लाइनमा मतदाताको उपस्थित कम देखिएको थियो । घाम लागेपछि भने मतदाताको उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।

जिल्लामा एक प्रतिनिधिसभा र २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

अहिले मतदान केन्द्रको मतपेटिका संकलन गरी सदरमुकाम ल्याउने काम भइरहेको छ । ६ बजेसम्ममा ४ वटा मतदान केन्द्रको मतपेटिका जिल्लामा आइसकेको बताइएको छ । लाङटाङको मतपेटिका सोमबार बिहान हेलिकप्टरबाट संकलन गरिने प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १८:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।