वीरगञ्ज । पर्सामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने भएको छ । मतपेटिका संकलन गर्दा राति अबेर हुने भएकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु गरिने पर्साका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए ।
४ वटा प्रतिधिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ । पर्सा निर्वाचन क्षेत्र न. १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा गर्ने गरी तयारी गरिएको छ भने क्षेत्र नम्बर ३ र ४ को मतगणना पोखरिया नगरपालिका–४ मा रहेको जिल्ला उचाङ्गल रामदेव कलवार नमुना प्राविधिक विद्यालयमा हुनेछ ।




















प्रतिक्रिया