Logo

राजनीति

आमनिर्वाचन-२०७९ : करिब ६१ प्रतिशत मत खस्यो, १५ स्थानमा मतदान स्थगित



काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको छ । आइतबार (आज) बिहान ७ बजेदखि साँझसम्म भएको मतदानमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

यो निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो ।’

सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् ।

निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए ।

  • याे पनि …

बाजुरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एकको मृत्यु, तीन जना घाइते

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार २०:०१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।