Logo

खेलकुद

नामिबियामा हुने त्रिदेशीय सिरिजका लागि नेपालको टिम घोषणा



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबियामा हुने त्रिदेशीय सिरिजका लागि नेपालले टिम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानी टिम घोषणा गरेको हो ।

नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ । सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ । सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।

नेपालले २० खेलमा १७ अंक जोडेको छ । नामिबिया २२ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह र नन्दन यादव छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १७:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।