Logo

प्रमुख समाचार

धनुषाका सबै मतदान केन्द्रको मतपेटिका गणनास्थल पुग्यो, आजै रातिदेखि गणना सुरु हुने



जनकपुरधाम । धनुषामा मतगणना आज (आइतबार) रातिदेखि नै सुरु गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । मतपेटिका गणनास्थलमा पुगेपछि रातिदेखि नै गणना सुरु हुने भएको हो ।

सबै मतदान केन्द्रको मतपेटिका गणनास्थलमा पुगिसकेको छ । चारै निर्वाचन क्षेत्रबाट आइतबार रातिदेखि नै मतगणना हुने प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।उनका

अनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को गणना जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा, निर्वाचन क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा, निर्वाचन क्षेत्र नम्बर २ को औरहीमा र निर्वाचन क्षेत्र नम्बर १ को गणना धनुषाधाम १ मा गरिनेछ । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार २१:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।