Logo

राजनीति

सप्तरी–१ मा सिके राउतको जनमत पार्टीकै अग्रता



काठमाडौं । सप्तरी क्षेत्र नम्बर १ मा सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ । जनमत पार्टीका उम्मेदवार जयकान्त राउतले २३८ मत पाएर अग्रता बताएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामदेव साह (तेली)ले २१४ मत पाएका छन् ।

यस्तै, रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिकी टिकालक्ष्मी चौधरीले २०१, जसपा नेपालका नवल किशोर सुडीले १७८ मत पाएका छन् ।

सप्तरी २ मा पनि जनमत पार्टीकै अग्रता रहेकाे छ । त्यहाँ अध्यक्ष राउत नै उम्मेदवार छन् । उनी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवभन्दा भारी मतान्तरले अगाडि छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १४:१३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।