Logo

प्रमुख समाचार

काठमाडौं-५ मा ईश्वरलाई पार्दै प्रदीप अगाडि



काठमाडौं । काठमाडौं-५ को मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ ।

कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मतका साथ अग्रता बनाएका हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले १८ मत पाएका छन् ।

१०० मत गन्दा राप्रपाका रामप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणा र नेपाल मजदुर किसान पार्टीका शैलेश डंगोलको ११-११ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले ७ र श्रीराम गुरुङले ६ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १५:४३   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।