Logo

प्रमुख समाचार

काठमाडौं–३ मा एमालेका कृष्ण राईको अग्रता उल्ट्याएर अघि बढे कांग्रेसका चालिसे



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेको सुरुवाती अग्रतालाई उल्ट्याउँदै नेपाली कांग्रेस अगाडि बढेको छ । यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् ।

चालिसेले १ हजार ८३७ मत ल्याउँदा राईले १ हजार ५३६ मत पाएका छन् । यसअघि यहाँ एमालेका राई अगाडि थिए । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:३०   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।