लमजुङ । मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । नेकपा एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।
प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मत गणना चलिरहेको छ ।




















प्रतिक्रिया