काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा फेरि नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता बताएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रभन्दा ८ मतले अगाडि छन्।
सोमबार राति साढे ९ बजेसम्ममा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले ३ हजार ८७९ मत पाएका हुन्। यस्तै उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ८७१ मत पाएका छन्।
रवीन्द्रभन्दा प्रकाशमान ८ मतले अगाडि छन्। यसअघि रवीन्द्रले प्रकाशमानलाई पछि पारिसकेका थिए। तर अहिले पुनः प्रकाशमानले अग्रता लिएका हुन्।




















प्रतिक्रिया