मनाङ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् ।
उनी मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । ०७० मा संविधानसभा सदस्य बनेका उनी त्यसबेला श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।उनले २ हजार
५७७ मत पाउँदा एमालेका पोल्देन छोपाङले २ हजार २४७ मत पाएका छन् । ०७४ मा भने यहाँबाट एमालेका गुरुङ विजयी भएका थिए ।




















प्रतिक्रिया