Logo

खेलकुद

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : पहिलो खेल अर्जेन्टिना र साउदी अरबबीच



काठमाडौं । विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अर्जेन्टिना र साउदी अरबबीच खेल हुनेछ । समूह ‘सी’ को खेलमा अर्जेन्टिना र साउदी अरबको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

अहिलेसम्म १८ पटक विश्व कप खेलिसकेको अर्जेन्टिनाले साउदी अरबसँग पहिलो पटक खेल्न लागेको हो । अर्जेन्टिनाले सन् १९७८ र ८६ मा गरी दुई पटक विश्व कप उपाधि जितेको छ । आजको खेल जिते अर्जेन्टिनाले ३७ खेलमा अपराजित रहेको इटलीसँग कीर्तिमान बराबरी समेत गर्नेछ। कप्तान लियाेनल मेस्सी पाँचौँ पटक विश्व कप खेल्दैछन् । तर उपाधि जिताउन सकेका छैनन् ।

त्यस्तै, आज हुने अर्को खेलमा डेनमार्क र ट्युनिसियाबीच बेलुका पौने ७ बजे तथा मेक्सिको र पोल्यान्डबीच राति पौने १० बजे खेल हुनेछ । त्यस्तै फ्रान्स र अस्ट्रेलियाबीचको खेल राति पौने १ बजे हुनेछ । 

विश्व कपमा नेदरल्यान्ड्स र इङ्ल्यान्डले विजयी सुरुवात गरेका छन्। अमेरिका र वेल्सले बराबरी खेलेका छन् । नेदरल्यान्ड्सले सेनेगललाई २–० गोल तथा इङ्ग्ल्यान्डले इरानलाई ६–२ गोल अन्तरले हरायो । कतारमा भैरहेको विश्व कप फुटबलमा ३२ देश सहभागी छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०७:०७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।