तीन निर्वाचन क्षेत्र रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रभावशाली रूपमा अगाडि आएको छ । यहाँ स्वतन्त्र पार्टीका उम्मेदवारहरूले पुराना राजनीतिक दललाई कडा चुनौती दिइरहेका छन् ।
चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेसका विश्व पौडेललाई १२ सयभन्दा बढी मतले पछि पारेका छन् ।
पछिल्लो परिणामअनुसार घन्टी चिह्न लिएर चुनाव लडिरहेका स्वतन्त्र पार्टीका हरि ढकालले ५०९८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका विश्व पौडेलले ३८८४ मत ल्याएका छन् । उनीहरूबीच १२१४ मतको अन्तर छ ।
यहाँ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन् । उनले ३८८० मत ल्याएका छन् ।
स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नै चुनावी मैदानमा होमिएको चितवन(२ मा उनले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिनेका छन् । लामिछाने अहिले यहाँ दोस्रो स्थानमा छन् ।
अहिलेसम्म ७०४१ मत गन्दा रवि लामिछानेले २२२७ मत ल्याएका छन् भने उमेश श्रेष्ठको मत २०३६ मत छ ।
यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । उनले २३३१ मत ल्याएका छन् । त्यस्तै चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल तेस्रो स्थानमा पुगेकी छन् । उनले २७२० मत ल्याएकी छन् ।
पछिल्लो परिणामअनुसार यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता लिएका छन् । उनले ३०८७ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले छाडेको चितवन(३ मा माओवादी उम्मेदवार भोजराज अधिकारी दोस्रो स्थानमा सीमित छन् । उनले २८४१ मत पाएका छन् ।
नेपाली काग्रेसका बागी उम्मेदवार दिनेश कोइराला भने चौथो स्थानमा झरेका छन्। माछा चिह्न लिएर चुनाव लडेका कोइरालाले २५५७ मत ल्याएका छन् ।
प्रतिक्रिया