Logo

प्रमुख समाचार

काठमाडौं- ९ :  एमालेका श्रेष्ठको अग्रता कायमै, पछ्याउँदै स्वतन्त्र पार्टी



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र ९ को  मत गणना जारी रहेको छ ।  पछिल्लो मतपरिणाम अनुसार   नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्णगोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले सात हजार सात सय ७४ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कल्पना धमलाले चार हजार आठ सय ३२ मत प्राप्त गरेकी छन् । निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार पछिल्लो मतगणनासम्म ३१ हजार सात सय ७२ मत गणना भएको छ । सो मध्ये  एक हजार तीन सय आठ मत बदर भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०९:२८   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।