Logo

प्रमुख समाचार

सप्तरी–२ को प्रदेशसभा–२ मा जनमत पार्टीका महेश विजयी



जनकपुरधाम । मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीले विजयीको खाता खोलेको छ । सप्तरी–२ को प्रदेशसभा २ बाट जनमतका महेशकुमार यादव विजयी भएका छन् ।

यादवले १३ हजार ३२५ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा रोकिए ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव पूर्वमन्त्री हुन् । उनी ०७४ मा सप्तरी २ मा उपेन्द्र यादवसँग पराजित भएका थिए ।

जनमत पार्टीबाट विजयी भएका यादव पूर्वमाओवादी नेता हुन् । उनी निर्वाचनभन्दा केही समय अघि मात्र जनमतमा आएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १२:३४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।