Logo

प्रमुख समाचार

काठमाडौं-५ मा ईश्वर पोखरेलसँग मतान्तर फराकिलाे पार्दै प्रदीप पौडेल



काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले एमाले उम्मेदवार ईश्वर पोखरेलसँगको मतान्तर २५३८ पुर्‍याएका छन् ।

मंगलबार दिउँसोसम्म २४ हजार ९०० मत गणना हुँदा पौडेलले ८ हजार २२० मत पाएका छन् भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले ५ हजार ६८२ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणयशमशेर राणाले दुई हजार ९४५ र राप्रपाका रामप्रसाद उप्रेतीले एक हजार ७६० मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले २७१ मत पाएकी छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १४:२६   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।