काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको जित निश्चित भएको छ । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै जित पक्का गरेका हुन् ।
३ हजार ७७९ गन्न बाँकी हुँदा पौडेलले ४६११ मतान्तर बनाएका छन् । ४२ हजार २०८ मत गणना सकिइसकेको पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले जम्मा ९ हजार ४६६ मत प्राप्त पाएका छन् ।
अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै विजयी भएका थिए ।




















प्रतिक्रिया