Logo

प्रमुख समाचार

जसपाले खोल्यो जितको पहिलो खाता, पर्सा–४ (२) मा कलवार निर्वाचित



वीरगञ्ज । जनता समाजवादी पार्टीले जितको पहिलो खाता खोलेको छ । पर्सा–४ को प्रदेशसभा क्षेत्र नम्बर २ मा जसपाका सिंगासन सा कलवार विजयी भएसँगै जितको पहिलो खाता खुलेको हो । उनले १५ हजार ३८५ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।

उनको निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुले १२ हजार ६४१ मत ल्याएका छन् । पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ चाँद तारा कुमारी १ हजार ७६५ मात्रै ल्याएकी छन् । ०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सिंगासन नै निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार २२:०२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।