Logo

राजनीति

हुम्लामा हेलिकप्टरबाट बल्ल मतपेटिका सदरमुकाम ल्याइयो



हुम्ला । हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको तीन दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो ।

प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्‍याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

सबै केन्द्रका मतपेटिका संकलन भइसकेकोले आजै सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १४:३३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।