काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला नेकपा एमालेले एक लाख कटाउने कताएका हो । पछिल्लो मतपरिणामअनुसार एमालेले अहिले २ लाख ४१ हजार ९९९ मत पाएको छ ।
यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले दुई लाख १९ हजार ४९१ मत पाएको छ । तेस्रोमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा सभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छ । रास्वपाले १ लाख १२ हजार ६१ पाउँदा चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख ४९२ मत कटाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५७ हजार ७६४, जनता समाजवादी पार्टीले १८ हजार ७५८, जनमत पार्टी १७ हजार ५७२, नेपाल मजदुर किसान पार्टीको १६ हजार ५०५ र नेकपा एकीकृत समाजवादी १३ हजार ३०३ मत पाएको छ । अन्तिममा रहेको नागरिक उन्मुक्ति पार्टीले ११ हजार ७३६ पाएको छ ।




















प्रतिक्रिया