Logo

प्रमुख समाचार

सुनसरी-२ मा घण्टीका उम्मेदवारलाई १६ सयको अग्रता



सुनसरी । सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले अग्रता कायमै राख्दा एमालेका भीम आचार्य उनलाई पछ्याइरहेका छन् । सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सीताराम महतो तेस्रोमा छन् ।

पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका थापाले ६१९१ मत पाएका छन् । एमालेका आचार्यले ४५६७ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर १६२४ को छ ।

मत गणना जारी रहेको यो क्षेत्रमा कांग्रेसका महतोले अहिलेसम्म २८९६ मत पाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:४३   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।