रोल्पा । रोल्पाको प्रदेशसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापतिसमेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई हराउँदै प्रदेशसभा सदस्यमा बाजी मारेका हुन् ।
नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । माओवादीसहितको गठबन्धनले समर्गन गरेका कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे ।माओ
वादी सशस्त्र द्वन्द्वमा सुरुदेखि नै आवद्ध भएका दीपेन्द्र घाइते समेत हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा रोल्पा प्रदेशसभा १ नेपाली कांग्रेसलाई परेपछि उनले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।




















प्रतिक्रिया