Logo

प्रमुख समाचार

बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका श्रेष्ठ विजयी



बारा । बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् ।

श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याए भने मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए । यस पटक एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए ।

पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ ०७४ मा तनहुँबाट विजयी भएका थिए । त्यसबेला उनी नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १९:२३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।