अछाम । अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह विजयी भएका छन् । सत्ता गठबन्धनकातर्फका उम्मेदवार शाहले २२ हजार ९ सय ५४ मतका साथ विजय हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एकसय १४ मत प्राप्त गरे ।
उनीहरुबीचको मतान्तर ६ हजार ८ सय ४० रहेको छ । यसअघि २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव लडेका बोगटीसँग कांग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए ।




















प्रतिक्रिया