Logo

प्रमुख समाचार

झापा १ को प्रदेश (१) मा तामाङ र (२) मा बजगाईं विजयी



झापा । झापा क्षेत्र नम्बर १ को प्रदेश (१) मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ २३ हजार ४५ मतले विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रविन कोइरालाले १८ हजार छ सय ५८ मत प्राप्त गरेका छन् ।

प्रदेश (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाई १३ हजार छ सय १२ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्यामवीर लिम्बूले १२ हजार दुई सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए । बजगाई नेकपा (एमाले)सँगको तालमेलबाट उम्मेदवार बनेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २०:५२   :  बजे

363
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।