Logo

खेलकुद

फिफा विश्वकप : मोरक्को र क्रोएसिया बराबरीमा राेकिए



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दै अंक बाँडेका छन् । अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर पाएको थियो । तर, गोल गर्न सकेनन् । साविक उपविजेता क्रोएसियाले बलमा पकड जमाएको थियो । तर, थुप्रै अवसर सिर्जना गरेपनि क्रोएसिया गोल गर्न सफल भयो ।

यस बराबरीसँगै क्रोएसियाले पहिलो खेलमा १ अंक जोडेको छ । समूह ‘एफ’ मा रहेको क्रोएसिया शीर्ष स्थानमा रहेको छ । मोरक्को १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १८:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।