Logo

प्रमुख समाचार

शुभकामना दिँदै देव गुरूङले पृथ्वी सुब्बालाई भने, ‘वाम एकताको पहल गर्नुस्’



लमजुङ । माओवादी महासचिव देव गुरुङले पृथ्वी सुब्बा गुरुङलाई प्रतिनिधि सभा सदस्यमा विजय भएकोमा बधाई दिँदै वाम एकताको पहल गर्न अनुरोध गरेका छन् । 

प्रतिनिधि सभा सदस्यमा झिनो मतान्तरले पराजित भएपछि पृथ्वी सुब्बालाई बधाई दिन पुगेका  देवले  वामहरु एक हुनुपर्ने र यसको पहल गर्न आग्रह गरेको पृथ्वी सुब्बा निकट स्रोतले जनाएको छ । 

भेटमा दुवैले एमाले-माओवादी एकता टिकाउन नसकेकोमा समीक्षा गरेका थिए ।  लमजुङमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादी महासचिव देव चुनावी प्रतिस्पर्धा भएको थियो । एमाले गुरूङ प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १०:१५   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।