कैलाली । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । यो समाचार तयार पार्दासम्म रेशम चौधरीकी पत्नी रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् । अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गर्दै जित सुनिश्चत गरेकी हुन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् । एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली–३ मा जितिसकेको छ ।




















प्रतिक्रिया