मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा पहिलो पटक राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् ।
सार्वजनिक भएको पछिल्लो मत गणना अनुसार मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंहले १८ मतको अग्रता लिएका हुन् ।
हालससम्म गणना भएको ७९ हजार ७ सय ५५ मतगणनामा राप्रपाका दीपकबहादुर सिंहले २३ हजार ३ सय ५८ मत ल्याएर अग्रता बनाएका हुन् ।
यस्तै सत्ता गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३ सय ४० मत ल्याएर पछि परेकी छन् ।
यस्तै सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका कमल थापाले २२ हजार ६ सय ५८ मत ल्याएका छन् ।




















प्रतिक्रिया