Logo

प्रदेश न. १

कहाँ हरायाे झलनाथ खनालकाे क्षेत्रका ५ सय ५५ मतपत्र ?

मतपत्र टुंगो नलागेसम्म मतगणना नहुने



इलामको क्षेत्र नम्बर १ मा गणना भइसकेको ५ सय ५५ मत हराएपछि विवाद सुरु भएको छ । मतगणनाको क्रममा हराएका ती मतबारे टुंगो नलागेसम्म मतगणना नहुने भएको छ ।

आजै २ बजे सर्वदलीय बैठक बसेर थप निर्णय लिने पनि बताइएको छ । मतगणनाका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रतिनिधिबिना नै मतगणना गरेपछि विवाद सुरु भएको दाबी गरिएको छ ।

दलका प्रतिनिधिबिना नै मतगणना भएको तर गणना भएका मत रुजु गर्दा ५ सय ५५ मत नभेटिएको हो । इलामबाट एकीकृत समाजवादीका युवा संघका नेता सन्दीप राईले दिएको जानकारीअनुसार हराएका मतबारे टुंगो नलागेसम्म मतगणना रोकिएको छ ।

निर्वाचन क्षेत्रका हिजो ३ बजेदेखि मतगणना स्थगित भएको बताइएको हो । एसका नेता झलनाथ खनाल र एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । इलाम–१ मा मतगणना जारी रहेकै बेला गणना भइसकेको मतपत्र र गणना भएको संख्यामा फरक परेको राईको दाबी छ ।

राईले भने, ‘५ सय ५५ मत सिल नभएको भेटिएपछि अहिले मतगणना रोकिएको छ । सर्वदलीय बैठक बसेर मतगणनाबारे टुंगो लाग्नेछ ।’ अहिलेसम्म २३ हजार ८ सय ६५ मतगणना सकिएको थियो । क्षेत्रमा ५९ हजार १ सय ३६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  १२ : ४७ बजे