पाल्पा । पाल्पाका दुबै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।
पाल्पा-१ मा एमालेका नारायणप्रसाद आचार्य २०३६० मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १२०९५ मत पाएका छैन ।
पाल्पा २ मा एमालेका ठाकुरप्रसाद गैरेले नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयलाई पछि पारेका छन् । गैरेले १९७३८ मत पाएका छन् भने पाण्डेयले १५६४६ मत ल्याएका छन् । मतगणना जारी छ ।




















प्रतिक्रिया