रौतहट । रौतहट क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । उनले लगातार दोस्रोपटक रौतहट ४ बाट प्रतिनिधिसभा सदस्यमा बाजी मारेका हुन् ।
बिहीबार आएको अन्तिम मतपरिणामअनुसार विजयी तिमिल्सिना ३४ हजार १ सय ६१ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उद्धवप्रसाद रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरे । रेग्मीलाई तिमिल्सिनाले ७ हजार ६ सय २ मतले पराजित गरेका हुन् ।
तिमिल्सिना २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यो निर्वाचन क्षेत्रमा राप्रपाका रुपलाल रायले २ हजार ३ सय ७५ मत पाएका छन् । स्वतन्त्र उमेदवार अजय साहले २ हजार २ सय ६८ मत पाए ।




















प्रतिक्रिया