खोटाङ । खोटाङमा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन् । उनले नेकपा एमालेका विशाल भट्टराईलाई पछि पार्दै विजयी बनेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार माओवादीका राईले ३१ हजार ३५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भट्टराईले २८ हजार ६८२ मत पाएका छन् ।
यसअघिको निर्वाचनमा भने खोटाङबाट एमालेका भट्टराई निर्वाचित भएका थिए ।




















प्रतिक्रिया